बुटबल र सिमरामा इलेक्ट्रिक स्कुटरको एसेम्बलिङ प्लान्ट स्थापना गर्न खोज्दैछौंः अशोक खड्गी

काठमाडाैं । नेपाली अटो बजारमा छोटो समयमा दुई पाँग्रे विद्युतीय सवारी साधनको वहस सिर्जना गर्ने मात्रै होइन, बिक्री वितरण पनि सुरु गर्ने महत्वपूर्ण कम्पनीका रुपमा चिनिन्छ ह्वाईट लोटस मोटर्स । यो कम्पनी स्थापना भएको १ वर्षमा नै ४ सयभन्दा बढी विद्युतीय स्कुटर बिक्री गरिसकेको छ ।

देशका १६ ठाउँमा आफ्नो डिलर नेटवर्क स्थापना गरेर देशभर विद्युतीय सवारी साधनको संख्या बढाउनु पर्छ भन्ने योजनाका साथ व्यवसाय सुरु गरेको यस कम्पनीले भारतीय ब्राण्ड ‘प्योर ईभी’को विद्युतीय स्कुटर नेपाल भित्र्याएर बिक्री गर्दै आएको छ ।

 

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेको समय र सरकारले पनि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विस्तारै विस्थापन गर्दै जानु पर्छ भन्ने नीति लिइरहेको बेला ह्वाईट लोटस मोटर्सले के कसरी काम गरिरहेको छ ? कम्पनीको व्यवसायिक योजना, र कम्पनीले बिक्रि गर्ने भारती ब्राण्डको प्योर इभीको विषयमा केन्द्रित भएर विकासन्युजका सन्तोष रोकायाले कम्पनीका प्रबन्ध निर्देशक अशोक खड्गीसँग कुराकानी गरेका छन् ।

नेपाली अटो बजारमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनहरु धेरै छन् । त्यस्ता सवारी साधनको दवदवा रहेको अवस्थामा विद्युतीय सवारी साधन भित्र्याउने साहस कसरी गर्नुभयो ?

अटो मोबाईल्स क्षेत्र एउटा कर्पाेरेट विजनेश हो । जसमा समाजसेवा, रोजगार सिर्जना लगायतका वस्तुलाई जोड्न सकिन्छ । विद्युतीय सवारी साधनलाई हामीले रोज्नुको एउटा कारण नेपालको अर्थतन्त्रका सकारात्मक पक्षहरुलाई जोड्न व्यवसाय सुरु गरेका हौँ ।

ह्वाईट लोटस मोटर्सले भारतीय विद्युतीय स्कुटर ‘प्योर इभी’ नेपाल भित्र्याएको एक वर्ष भयो, यो एक वर्षको अवधिमा के–कस्ता चुनौति भोग्नुभयो ? विशेष गरेर सिकाई र अनुभव कस्तो रह्यो ?

हामीले व्यवसाय सुरु गर्नुभन्दा अगाडि नै धैरै अध्ययन तथा तयारी गरेका थियौँ । करिब १ वर्ष अवधि तयारीमा नै लाग्यो । हामीले प्रडक्ट ल्याउनुभन्दा अगाडि नै तयारी गरेर उपभोक्ताले खोजे जस्तो सवारी साधन ल्याउन सफल भएका हौँ । उपभोक्ताले विद्युतीय चार पाँग्रे सवारी साधन सहज रुपमा खरिद गर्न सक्दैनन् । चार पांग्रे खरिद गर्न नसक्ने उपभोक्तालाई लक्षित गर्दै हामीले दुई पाँग्रे विद्युतीय स्कुटर नेपाल ल्याएका हौँ ।

पछिल्लो समय देशभरको तथ्यांक हेर्दा पनि कुल सवारी आयातमध्ये दुई पाँग्रेको हिस्सा ८० प्रतिशत छ । हामीले गरेको अध्ययन अनुसार अन्य देशमा बनेका सवारी साधनको तुलनामा भारतमा बनेका धेरै सवारी साधन उपभोक्ताको रोजाईमा परेको पाइएपछि सोही अनुसार भारतीय कम्पनीले निर्माण गरेको विद्युतीय स्कुटर नेपाल ल्याएका हौँ । हामीले स्कुटर नेपाल ल्याएपछि केही समय सर्भिसमा दियाैँ । हामीले सवारी साधनको बिक्री वितरण सँगै आवश्यक उपकरणहरु समेत बिक्री वितरण सुरु गर्यौं ।

सुरुवाती चरणमा उपभोक्तामा हामीले ल्याएको साधनका बारेमा शंका थियो । हामीले ल्याएको साधन कत्तिसम्म टिक्छ भन्ने शंका पनि उपभोक्ताहरुमा थियो । एक वर्षको अवधिमा हामीले जसलाई सेवा दियौँ, व्यवसायिक तथा राईडरहरु जसले प्योर ईभी खरिद गर्नु भएको छ, उहाँहरुले खरिद गरेपछि उहाँहरुको आफन्त तथा अन्य उपभोक्ताहरु समेत खरिद गर्न आउनु भयो । एक/दुई जनाले खरिद गरेर लगेपछि विस्तारै अन्य ग्राहकहरु पनि उत्साहित भएर खरिदका लागि आउने क्रम जारी छ । हाम्रा इन्जिनियरहरु दक्ष हुनुहुन्छ ।

इभी विक्रीको एक वर्षको अवधिलाई कसरी समीक्षा गर्नुहुन्छ ?

हामीले एक वर्ष अगाडि नेपाली बजारमा ‘प्योर इभी’ सार्वजनिक गर्दा विद्युतीय सवारी साधनको संख्या न्यून थियो । एक वर्षको अवधिमा नै धेरै ब्राण्डका साधनहरु भित्रिएका छन् । विद्युतीय सवारीमा व्यवसायी सँगै उपभोक्ताको माग पनि राम्रो आउने गरेको छ । यी सबै इन्ड्रस्टीको ग्रोथका लागि राम्रो हो । यसलाई हामीले स्वस्थ प्रतिस्पर्धाका रुपमा लिनु पर्छ । हामीलाई केही ग्राहकले विद्युतीय साधनमा केही कुरा सुधार गर्न अनुरोध गर्नुभएको थियो । त्यही अनुसार हामीले सुधार समेत गरेका छौँ । कम्पनीले नेपालको भौगोलिक बनावटका लागि सुहाउने गरी मोडिफाइड समेत गर्ने गरेको छ । ग्राहक पनि हाम्रो प्रडक्टप्रति सन्तुष्ट हुनुहुन्छ । हामी अब यसलाई विस्तार कसरी गर्ने भन्नेतर्फ लागिरहेका छौं । समग्रमा यो एक वर्ष हाम्रा लागि निकै फलदायी नै बन्यो ।

एक वर्षको अवधिमा हामीले आन्तरिक रुपमा मार्केटीङ तथा इन्जीनियरिङ टीमलाई विस्तार गर्यौं । हामीले यो एक वर्षमा डिलर विस्तार पनि गर्यौं । भारतीय बजारको अवस्था हेर्दा एक पटक खरिद गरेपछि ५ वर्षसम्म केही नभएको पाइएको छ । हामीले काठमाडौंमा मात्र ल्याएर भएन । बाहिरका ग्राहकको माग अनुसार सेवा दिनुपर्र्याे भनेर हामीले उपत्यकाभन्दा बाहिर डिलर विस्तार गर्यौं । हामी अहिले उपभोक्ताको माग र आवश्यकतालाई ध्यानमा राखेर काम गरिरहेका छौं । हाम्रा प्राविधिकहरु पनि दक्ष भइसकेपछि मात्रै हामी डिलर खोल्छौं । अहिले नेपालमा भएका विद्युतीय सवारी साधनका डिलरहरुमा सबैभन्दा बढी ह्वाईट लोटसको छ । हाम्रो डिलर बन्न आएका सम्पूर्ण डिलरहरु हामीप्रति विश्वस्त र खुसी हुनुहुन्छ ।

 

ह्वाईट लोटस मोटर्सको डिलर नेटवर्क र जनशक्ति के कस्तो छ ?

अहिले हामीसँग काठमाडौ उपत्यकामा ४ वटा र उपत्यका बाहिर १२ वटा गरी कुल १६ वटा डिलर नेटवर्क रहेका छन् । हामीले अहिले सर्भिस दिन सक्ने क्षेत्रमा मात्रै डिलर राखेका छौं । पूर्व झापादेखि पश्चिममा बुटवलसम्म हाम्रो डिलर नेटवर्क छ । बुटवल, पोखरा, हेटौंडा, चितवन, कावासोती, बर्दीबास, जनकपुर, धरान, इटहरी, दमक लगायतका ठाउँमा हाम्रा डिलरहरु छन् । प्रत्येक डिलरमा ३/४ जनाले काम पाउनु भएको छ । सबै दक्ष जनशक्ति हुनुहुन्छ ।

अहिले बजारमा भएका विद्युतीय सवारी साधन विशेष गरेर स्कुटरहरु चिनियाँ कम्पनीका देखिन्छन् तर, ह्वाईट लोटस मोटर्सले भारतबाट विद्युतीय स्कुटर आयात गर्छ, तपाईंहरुले भारतीय विद्युतीय स्कुटर रोज्नुको कारण के हो ?

उपभोक्तालाई सस्तो, राम्रो गुणस्तरको सामान नै मन पर्छ । हामीले त्यो क्वालीटी भारतीय विद्युतीय स्कुटरमा भेटायौं । सर्भिसका सानातिना इस्यू आउँदा समयमै समाधान हुने भारतीय सवारी साधनमा भेटायौं । यसको मतलब मैले चिनियाँ सवारी साधन नराम्रो भनेको होइन । तर, भारतीय सर्भिस क्वालीटी र मूल्य नेपाली ग्राहकले मन पराएको हामीले पायौं । कतिपय अवस्थामा विगतमा व्यवसाय गर्नेहरुबाट पनि धेरै कुराहरु सिक्न सकिन्छ । विद्युतीय सवारी साधनका स्पेयर पार्टसहरु जति भारतबाट ल्याउँदा सजिलो हुन्छ, त्यति सजिलो चीनबाट ल्याउँदा हुँदैन । भारतसँग हाम्रो भाषा, मुद्रादेखि ट्रान्जिट समयले पनि धेरै सहज हुन्छ ।

ह्वाईट लोटस मोटर्सको प्रबन्धक निर्देशकको पदबाट भारतीय र चिनियाँ विद्युतीय सवारी साधनलाई नियाल्दा तुलनात्मक रुपमा कुन राम्रो ? अर्थात फरक के छ ?

चीनमा बनेका र भारतमा बनेका सवारी साधनहरुका आ–आफ्नै विशेषताहरु छन् । यो राम्रोभन्दा पनि त्यसको प्रत्येक विशेषताहरु हेर्नुपर्ने हुन्छ । चीनमा बनेको सवारी साधनहरु पनि ग्लोवल स्टयाण्डर्डका छन् । तर, त्यसको मूल्य धेरै महँगो हुन्छ । ती प्रडक्टहरु यूरोपलाई ध्यानमा राखेर बनाइएका हुन्छन् । ती सवारीहरु नेपाल ल्याउँदा नेपाली उपभोक्ताले खरिद गर्र्न नसक्ने अवस्था नहुन सक्छ । अहिले हामीसँग भएका सवारी साधनहरु मूल्य कसरी कम गर्ने भन्ने तर्फ लाग्नु पर्छ । तर, भारतीय सवारी साधनहरु नेपाली उपभोक्तामैत्री छन् । भारतीय उपभोक्ताहरुको माइन्डसेट पनि नेपालीहरुको जस्तै छ । त्यसैले पनि भारतमा बनेका सवारी साधनहरु नेपालीले एफोर्ड (खरिद) गर्न सक्छन् । मूल्य, भु–बनावट र ग्राहकको माइन्डसेटको कारणले पनि अहिले प्योर इभीको स्कुटर उपभोक्ताले मन पराएका छन् ।

त्यसो भए नेपाली उपभोक्ताको सोचाई, आवश्यकता अनुसारको मूल्य नहुँदा नहुँदै पनि नेपाली व्यवसायीहरुको बढी रोजाईमा चिनीयाँ विदुतीय सवारी साधन किन पर्यो ? यसपछाडिको कारण तपाईंले के देख्नु भएको छ ?

चीनमा बनेका सवारी साधन राम्रा पनि छन् । ती राम्रा हुँदाहुँदै पनि एउटा कर्पोरेट विजनेसका हिसावले पनि एउटा विजनेसम्यान चीनमा गएर उत्पादकसँग कुरा गरेर वितरकका रुपमा नेपालमा ल्याउनुहुन्छ । अर्को व्यवसायी जान्छ र त्यही कम्पनीले दिन्छ भनेपछि यहाँनेर नेपालको कानुन अनुसार नमिलेको हो कि जस्तो देखिन्छ । कुनै प्रडक्ट नेपालमा छ, सोही प्रडक्ट फेरि आउँछ । एउटा व्यक्तिले ठूलो लगानी गरेको हुन्छ । धेरै समय खर्च र स्रोत साधन गरेको हुन्छ । एउटा प्रडक्ट धेरै आयातकर्ताले ल्याउने जुन प्रवृति छ, त्यो राम्रो होइन कि भन्ने हो । तर, भारतमा कर्पोरेट अभ्यास राम्रो छ । हाम्रो भारतसँग भाषादेखि अन्य विषयहरु मिल्छ । उनीहरुले चाह्यो भने नेपालमा एकदिनमै र हामीले चाहे पनि भारतमा एकदिनमै जान सक्छौं । सर्भिस पनि छिट्टै गर्न सक्छौं । पाटपुर्जा ल्याउन पनि त्यति नै सहज हुन्छ ।

ह्वाईट लोटस मोटर्सले भारतीय कम्पनीको प्योर ईभी नेपालमा बिक्री गर्दै आएको छ, यसको विशेषताहरु के कस्ता छन् ? मोडल कति वटा छन् ?

हाम्रो अध्ययनले भारतीय विद्युतीय सवारी साधन राम्रो हुन्छ भन्ने त देखायो तर, भारतमा पनि दुई÷तीन प्रकारको विद्युतीय स्कुटर हुने रहेछ । भारतमा लो स्पीडका स्कुटर धेरै बिक्री हुने रहेछन् । २५ किमि मात्रै स्पीड जाने, दर्ता नहुने र लाइसेन्स पनि नचाहिने बिक्री हुने रहेछन् । तर, हाम्रो उपभोक्तालाई त्यस्तो आवश्यक छैन । हाम्रो नेपाली उपभोक्तालाई पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको बदालामा विद्युतीय सवारी साधन चाहिरहेका छन् । विद्युतीय सवारी साधन किनेपछि अर्को आवश्यक नपरोस् भन्ने हाम्रा उपभोक्ताहरु चाहन्छन् । हामीले त्यस्ता कम्पनीहरु छनोट गर्यौं जसको स्पीड उच्च छ । हामीले अन्तिममा प्योर ईभीलाई छान्यौं । यो नै नेपालीको खरिद गर्न सक्ने क्षमता र हाम्रो माटो सुहाउँदो जस्तो लागेर हामीले नेपाल भित्र्याएका हौं । हामीले अहलिे दुईटा मोडल आयात गरेर बिक्री गरिरहेका छौं ।

यो भारतमा लामो इतिहास भएको सवारी साधन हो । यो भएपछि अर्को पेट्रोलियम पदार्थको भर पर्नु पर्दैन । एक पटक चार्ज गरेपछि ११६ किलाेमिटर गुड्छ । साढे दुई घण्टामै फुल चार्ज हुन्छ । यसमा ब्याट्री साइज पनि ठूलो छ । तीन वर्षको वारेन्टी छ । हामीले एक वर्षको अवधिमा ४ सयभन्दा बढी स्कुटर बिक्री गरिसेका छौं । विद्युतीय सवारीमा हाम्रो दीर्घकालीन योजना छ । हामीले इलेक्ट्रिक मोटरसाइक, गाडीहरु ल्याउने पनि योजना बनाइहरेका छौं ।

प्योर ईभीको स्पेयर पार्टस् पाइनेदेखि अन्य सर्भिस पनि नेपालमै गर्न सकिन्छ कि भारतकै भर पर्नुपर्छ ?

सबैको सुविधा नेपालमै छ । हामीसँग पूर्ण दक्ष जनशक्ति हुनुहुन्छ । स्पेयर पार्टहरु पनि हामीसँग स्टक छ । प्योर इभी मात्रै होइन, नन ब्राण्डका सवारी साधनको पार्टहरु पनि हाम्रोमा पाइन्छ । हामी सप्लाएर पनि हो । थन्केर बसेका सवारी साधनहरुको पार्टसहरु हाम्रोमा पाइन्छ । प्योर इभीका पार्टसका कारण थन्किएका विद्युतीय स्कुटर सञ्चालनमा आएका छन् ।

 

भारतबाटै सवारी साधन ल्याउनु पर्ने अवस्था छ, नेपालमै विद्युतीय सवारी साधन उत्पादन गर्न एसेम्बल उद्योग स्थापना गर्न सकिने अवस्था छैन ?

यस विषयमा हामीले पनि धेरै अध्ययन गरेका छौं । केही तयारी पनि गरिरहेका छौं । नेपालमा एसेम्बलिङ गर्न सकिन्छ । हामीसँग दक्ष जनशक्ती पनि छ । नेपालमा विद्युतीय सवारी साधनको एसेब्ल उद्योग खोल्न सक्यो भने देशलाई नै धेरै फाइदा हुन्छ । रोजगारी सिर्जना, नेपालमै भ्यालु एडिसन गर्न सकिन्छ । अन्य कम्पनीहरु पनि आउने अवस्था हुन्छ । अहिले सरकारको भन्सार सम्बन्धि नियमालीमा विद्युतीय सवारी ल्याउँदा र पार्टहरु ल्याउँदा एउटै भन्सार दर पर्न जान्छ । सरकारले यसको पुनरावलोकन गर्न जरुरी छ । बिक्रीको दर पनि खासै उत्साहपूर्ण छैन । त्यस कारणले मात्रै काम रोकिएको छ । हामीले बुटवल र सिमारा प्लान्टका लागि ठाउँहरु पनि खोजेका छौं । आगामी वर्षको बजेटमार्फत दुई पाँग्रे विद्युतीय सवारी साधनको एसेम्बलिङमा केही छुट तथा सहज नीति ल्यायो भने नेपालमा पनि विद्युतीय सवारी साधनको एसेम्बलिङ प्लान्ट खोल्न सकिन्छ ।

पेट्रोलियम पदार्थका दुई पाँग्रे सवारी साधनका एसेम्बलिङमा दिए जस्तै सुविधाहरु हामीलाई पनि दियो भने हामी नेपालमै उत्पादन भएको दुई पाँग्रे विद्युतीय सवारी साधन चलाउन पाउँछौं । त्यसका लागि सरकार पनि तयार हुनु पर्छ । हामी तयार छौं ।

अहिलेकै अवस्थामा नेपालमा एसेम्बलिङ सञ्चालन गरेर विद्युतीय सवारी साधन उत्पादन गर्न सकिँदैन ?

सकिन्छ तर, महँगो पर्न जान्छ । त्यो खालको महँगो सवारी साधन हामो उपभोक्ताले खरिद गर्न सक्छन् वा सक्दैनन् भन्ने विषय पनि महत्वपूर्ण हो । अहिले दुई पाँग्रे सवारी साधन जति बिक्री भइरहेका छन्, त्यसको १ प्रतिशतभन्दा कम विद्युतीय सवारी साधन बिक्री हुन्छन् । अझै पनि हामीले उपभोक्ताई विद्युतीय सवारी साधनमा बानी बसाल्न समय नै लाग्छ । तर, हामीले यो समयमा उपयुक्त विद्युतीय सवारी दियौैं भने यो दर ४/५ प्रतिशत पुग्न समय लाग्दैन । हामीले तयारी गरिरहेका छौं । कहाँबाट ल्याउने ? कसरी ल्याउने ? भनेर हाम्रो टीमले अध्ययन गरिरहेको छ । पक्कै लागत बढी नै लाग्छ । राज्यले सहयोगको भूमिका खेल्नुपर्छ ।

सरकारले पनि विद्युतीय सवारी साधनलाई प्राथमिकता दिइरहेको छ, तपाईंहरु पनि विदुतीय सवारी साधनको बजार बढाउन लागिरहनु भएको छ, हाल सञ्चालन भइरहेका पेट्रोेलिय पदार्थबाट चल्ने सवारी साधन नेपालबाट सजिलै विस्थापन गर्न सकिन्छ, सजिलो छ ?

सजिलो छ । अहिले छिमेकी देशहरुमा पनि विद्युतीय सवारी साधनको बिक्री वितरण बढेको छ । ती देशमा यस्ता सवारी साधनको बिक्री अघिल्लो वर्षको तुलनामा दोब्बर हुँदै गएको छ । यसले पनि नेपालमा पनि बढ्छ । चीन पनि नेपाल जस्तै भू–बनोट भएको देश हो । नर्वे र स्वीडल्याण्ड जस्ता देशहरुमा विद्युतीय सवारी साधन सहजै चल्छन् भने हाम्रो देशमा त झन सजिलो छ । यसका लागि सरकारले उपर्युक्त वातावरण सिर्जना गर्नु पर्छ ।

सरकारले विद्युतीय सवारी साधन आयतमा केही छुट दिएको छ, तपाईंहरुले पाइरहनु भएको छ ?

छुटभन्दा पनि पुरानै नीतिलाई निरन्तरता दिएको हो । सरकारको पनि एउटा निकायले साथ दिँदा अर्को निकायले अवरोध गर्ने परिपाटीले पनि समस्या सिर्जना गर्छ । बागमती प्रदेशले नै सवारी साधनमा वार्षिक कर लगायो । रकम कतिभन्दा पनि यसले कस्तो सन्देश जान्छ भन्ने पनि हो ।

ह्वाईट लोटस मोटर्स आगामी दिनमा कसरी अगाडि बढ्दैछ, व्यवसाय विस्तारका योजना के छन् ?

सुरुमा त हामी हाम्रो प्योर ईभीका स्कुटरहरु देशभरका डिलर नेटवर्कमा पुर्याउने योजना बनाउँदैछौं । हामी प्योर ईभीसँगै अर्को ब्राण्डको सवारी पनि होस् भन्ने चाहन्छौं । त्यसतर्फ पनि लागि नै रहेका छौं । हामी अहिले मार्केट सर्भेमा छौं । विद्युतीय मोटरसाइकल ल्याउने, तराई क्षेत्रको लागि विद्युतीय अटो ल्याउन सकिन्छ कि, पानी र तरकारी बोक्ने गाडी पनि विद्युतीय नै होस् भन्ने हामी चाहन्छौं । त्यसतर्फ पनि हामी अध्ययन गरिहरेका छौं । अहिले व्यवासयिक अन्तर शहरीय गाडीमा पनि सम्भावना पनि छ । सवारी साधन डेलिभरी गर्ने पनि हाम्रो योजना छ । डेलीभरी गर्ने गाडी पनि विद्युतीय नै हुन्छ ।

बजारमा अहिले पनि एक दर्जन बढी विद्युतीय दुई पाँग्रे सवारी साधन बिक्री गर्ने कम्पनी छन्, उपभोक्ताले प्योर ईभीकै स्कुटर किन रोज्ने ?

प्योर ईभीलाई नेपाली उपभोक्ताले चलाइसके । उहाँहरुलाई यसको विशेषता राम्रोसँग थाहा भइसक्यो । यो क्यालीटी भेइकल हो । केही मानिसहरुको विद्युतीय सवारी साधन किनेको नमिठो अनुभव रहेछ । उहाँहरु हाम्रोमा आएपछि धेरै शंका पनि गर्नुभयो । तर, हाम्रो दुई पाँग्रे स्कुटर लिएर दुई÷तीन महिना चलाइसकेपछि उहाँहरु खुसी हुनु भयो । उहाँहरुको प्रतिक्रिया लिएर पछि हामीले रिभ्यू पनि बनायौं । अहिले एकपछि अर्को मानिस हाम्रोमा स्कुटर किन्न आउनु हुन्छ । जसले किनेको छ उहाँकै आफन्तहरु आउनुहुन्छ । हाम्रो मुलुकभर डिलर नेटवर्क छ । सर्भिसका लागि तालिम इन्जिनियरहरुको टिम छ । स्पेयर पार्टस्हरु पनि सरल मूल्यमा उपलब्ध छन् । प्रत्येक बैंकमा एक÷दुई स्कुटर लिनु भएको छ । विभिन्न डिलरमा पनि राम्रो माग छ ।

मूल्य कस्तो छ ?

अहिले हामीसँग दुईटा मोडल छ । एउटा सेभेनजी भन्ने मोडल छ । त्यसको अहिले २ लाख ६० हजार रुपैयाँको हो । यसमा साढे दुई किलोवाट पोर्टेवेल ब्याट्री छ । जुन धेरै नै ठूलो हो । गाडीमै ५ किलोवाट हुन्छ । स्कुटरका लागि यो ठूलो ब्याट्री हो । अर्को इन्ट्रन्स लियो मोडल छ । यसको विशेषता पनि सेभेनजी जस्तै हो । यसको मोडल मात्रै फरक हो । यसको मूल्य २ लाख ४९ हजार रुपैयाँ हो । प्योर लियोको मोटरसाइकल पनि भारतमा बनिरहेको छ । हामी त्यसलाई पनि ल्याउने तयारी गर्दैछौं । त्यसको पनि मूल्य ३ लाख रुपैयाँको हाराहारी पर्छ ।

हेटौंडा र बर्दिबासमा प्योर ईभीको सोरुम खुल्ने

काठमाडौं – भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड प्योर ईभीको सोरुम हेटौंडा र बर्दिबासमा खुल्ने भएको छ । नेपालका लागि प्योर ईभीको आधिकारिक वितरक ह्वाइट लोटस प्रालिले यी दुई स्थानमा भोलि सोरुमको औपचारिक शुभारम्भ गरिने बताएको छ ।

हेटौंडाको कान्ति राजपथमा रहेको नेपाल बैंक लिमिटेडसँगै प्योर ईभीको सोरुमको रुपमा बाघ भैरब ई मोटर्स सञ्चालन हुनेछ । उक्त सोरुमको संचालक श्याम लोहनी हुन् । त्यसैगरी बर्दिबासमा रमेश श्रेष्ठद्वारा संचालित श्रेष्ठ इन्टरप्राइजेजले प्योर ईभीको सोरुमको कार्य गर्नेछ ।

सोरुम शुभारम्भसँगै प्योर ईभीको इलेक्ट्रिक स्कुटर टेस्ट राइड गर्न सकिने बताइएको छ । सो क्षेत्रका राइडरहरुलाई कम्पनीले यसका लागि आमन्त्रण समेत गरेको छ ।

हाल नेपाली बजारमा प्योर ईभीको ईप्लुटो ७जी स्कुटर उपलब्ध छ । ईप्लुटो ७जीमा २.५ किलोवाटको ब्याट्री र २ हजार २ सय वाटको मोटर छ । सिंगल चार्जमा ११६ किलोमिटरको रेन्ज दिन्छ । ईप्लुटो ७जीको मूल्य २ लाख ६० हजार रुपैयाँ तोकिएको छ ।

केही दिनमै ईट्रान्स नियो इलेक्ट्रिक स्कुटर समेत बिक्रीका लागि उपलब्ध हुने बताइएको छ । हाल यसको बुकिङ खुलेको छ । ईट्रान्स नियो स्कुटरको मूल्य २ लाख ४९ हजार रुपैयाँ छ । यसमा ६० भोल्ट २.५ किलोवाट आवर क्षमताको पोर्टेबल ब्याट्री प्याक र १.५ किलोवाट नोमिनल र २.२ किलोवाट पिक बिएलडिसी मोटर छ । जसले सिंगल चार्जमा ११६ किलोमिटरको रेन्ज दिन्छ ।

स्कुटरको ब्याट्रीमा ३ वर्ष, तथा मोटर र कन्ट्रोलरमा १/१ वर्षको वारेन्टी र एक वर्षमा ४ पटक सम्म फ्रि सर्भिसिङ कम्पनीको तर्फबाट उपलब्ध गराइने छ ।

एक किलोमिटर यात्रा गर्दा १५ पैसा मात्रै खर्च हुने स्कुटर नेपाली बजारमा

काठमाडौँ। पेट्रोलको मूल्य बृदिका कारण आहतमा परेका स्कुटर प्रयोगकर्ताको लागि वरदान साबित हुने खालको इलेक्ट्रिकल स्कुटर बजारमा आएको छ। प्योर ईभीले बजारमा ल्याएको इट्रान्स नियो र प्लुटो स्कुटर नेपाली बजारमा व्हाइट लोटसले बिक्री गरिरहेको छ।

भारतको हैदराबाद रहेको स्टार्टअप कम्पनी प्योर ईभीले लन्च गरेका यी स्कुटरहरू अत्यधिक किफायती प्रमाणित भएका छन् । नेपालमा रु. २ लाख २५ हजारको रेन्जमा उपलब्ध यी स्कुटरको विशेषता भने बेजोडको छ।

यसले फुल चार्जमा १२० किलोमिटरको यात्रा गर्न सकिन्छ। साथै, यसको उच्च गति ६० किमी / घण्टा छ। यति मात्र होइन, यो स्कुटरले मूल्यको हिसाबले ओला र भारत कै टिभीएस क्यु सँग पनि प्रतिस्पर्धा गर्छ, जसको मूल्य यसको तुलनामा निकै उच्च छ। यसका आधिकारिक बिक्रेता व्हाइट लोटसका कार्यकारी निर्देशक अशोक खड्गीका अनुसार यो स्कुटरले जम्मा १५ पैसाको खर्चमा नै एक किलोमिटर यात्रा गराउँछ।

 

५ सेकेन्डमा ४० किमी प्रतिघण्टाको गति

बिक्रेता कम्पनीले यो ईभी स्कुटरको बारेमा दाबी गरेको छ कि यसले ५ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । साथै, यसको लोड क्षमता १५० केजी सम्म छ। यसमा सेतो, रातो, निलो, कालो, खैरो र सिल्भर गरी जम्मा ६ रङ विकल्पहरू छन्। यो ई-स्कुटरमा चार इन्चको एलसीडी डिस्प्ले, रिजेनेरेटिभ ब्रेकिङ, एलईडी हेडलाइट र एन्टी थेफ्ट स्मार्ट लक छ।

पोर्टेबल ब्याट्री

यो विद्युतीय स्कुटरका नेपालमा एक दर्जन भन्दा बढी स्थानहरूमा डिलरहरू छन्। यो इलेक्ट्रिक स्कुटर २. केडब्लुएच लिथियम ब्याट्रीद्वारा सञ्चालित छ, जुन बीएलडीसी मोटरसँग जोडिएको छ। घरमा नै सजिलै प्लगमा चार्ज जोडेर यो स्कुटर चार्ज गर्न सकिन्छ। अप्ठ्यारो पर्दा यसमा पोर्टेबल ब्याट्री छ, जसको मद्दतले तपाई सजिलै यो ब्याट्री निकाल्न र चार्ज गर्न सक्नुहुन्छ। यो स्कुटरले पूर्ण चार्ज गर्दा इको मोडमा १२० किलोमिटरसम्मको रेन्ज दिनेछ, जबकि यसको टप स्पिड ६० किलोमिटर छ।

के छ थप विशेषता ?

विद्युतीय सवारीको सञ्चालन खर्च अति नै कम रहेको खड्गीको दाबी छ। खड्गी भन्छन्, ‘तपाई जम्मा १५ पैसाको लागतमा एक किलोमिटर यात्रा गर्न सक्नुहुन्छ। जबकि पेट्रोलबाट चल्ने स्कुटरमा एक किलोमिटर यात्रा गर्दा औसत ४ रुपियाँ खर्च हुने देखिन्छ।’ त्यसैले कम खर्चमा यात्रा गर्न सक्नु नै यसको प्रमुख विशेषता हो।

प्योर ईभीको ई–प्लेटोमा ६० भोल्ट २.५ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री प्याक रहेको छ । ई–प्लुटोको उच्च गति ६० किलोमिटर प्रतिघण्टा छ । त्यसै गरी नियो इन्ट्रान्स पनि ६० भोल्ट २.५ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री  रहेको छ । इलेक्ट्रोनिक भेहिकल (ईभी) को प्योर स्कुटर बिशेषता र पर्फर्मेंन्स पेट्रोल स्कुटरको १२५ सिसि बराबर रहेको छ।

यसबाहेक घरमा वा अफिसमा जहाँ पनि यसलाई चार्ज गर्न सकिन्छ। यदि कथम् कदाचित् बाटैमा ब्याट्रीको चार्ज सकियो भने सजिलै ब्याट्री निकालेर कतै लगी बढीमा आधा घण्टामा नै फेरी स्कुटर चलाउन सकिन्छ।  ‘यदि कसैले एक्स्ट्रा ब्याट्री राखेको छ भने त यस्तो समस्या कहिले पनि आउँदैन’, खड्गी भन्छन्।

प्योर ईभीको ई–प्लेटोमा ६० भोल्ट २.५ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री प्याक रहेको छ । ई–प्लुटोको उच्च गति ६० किलोमिटर प्रतिघण्टा छ । त्यसै गरी नियो इन्ट्रान्स पनि ६० भोल्ट २.५ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री  रहेको छ । इलेक्ट्रोनिक भेहिकल (ईभी) को प्योर स्कुटर बिशेषता र पर्फर्मेंन्स पेट्रोल स्कुटरको १२५ सिसि बराबर रहेको छ।

यस स्कुटरमा १.५ किलोवाट र २.२ किलोवाट क्षमताको दुई मोटर अप्सन पाउन सकिन्छ । यसमा रहेको ब्याट्रीलाई एक पटक फुल चार्ज गर्दा १२० किलोमिटर चलाउन सकिन्छ ।

ब्याट्रीको मूल्यमा आउँदैछ गिरावट

व्हाइट लोटसका सञ्चालक अशोक खड्गीका अनुसार उनको कम्पनीले चाँडै लामो दुरीको लागि समेत यात्रा गर्न मिल्ने विद्युतीय माइक्रो बस आयात गर्दै छ।  त्यो आएपछि हालको तुलनामा लगभग आधा भाडामा नै यात्रुहरूले लामो दुरीको समेत यात्रा गर्ने अवसर पाउने उनको दाबी छ। खड्गी भन्छन्, ‘सरकारले एसियाली विकास बैंकको सहयोगमा ५० वटा चार्जिंग स्टेसन बनाउने भएपछि हामी उत्साहित भएका छौँ।  त्यसैले आधा घण्टामा नै चार्ज हुने माइक्रो बस नेपाल भित्राउने प्रक्रिया हामीले सुरु गरिसकेका छौँ।’

ब्याट्री फेर्नुपर्‍यो भने ठुलो रकम खर्च हुन्छ भन्ने चिन्ता नगर्न उपभोक्तालाई उनी सुझाव दिन्छन्। उनी भन्छन्, ‘सन् २०१० मा १ किलोवाट आवरको ब्याट्री १२०० डलर पर्थ्यो अहिले त्यसको मूल्य १२० डलर छ। अब भारतमा सन् २०२४ सम्ममा यस्ता ब्याट्री उत्पादन हुँदै छन् त्यसपछि ८०/९० डलरमा झर्ने अपेक्षा छ।’

अन्तर्राष्ट्रिय बजारमा  लिथियम आयोन ब्याट्रीको मूल्यमा समेत गिरावट आउँदै गरेकोले अब पहिले जस्तो ब्याट्री फेर्नुपर्‍यो भने ठुलो रकम खर्च हुन्छ भन्ने चिन्ता नगर्न उपभोक्तालाई उनी सुझाव दिन्छन्। उनी भन्छन्, ‘सन् २०१० मा १ किलोवाट आवरको ब्याट्री १२०० डलर पर्थ्यो अहिले त्यसको मूल्य १२० डलर छ। अब भारतमा सन् २०२४ सम्ममा यस्ता ब्याट्री उत्पादन हुँदै छन् त्यसपछि ८०/९० डलरमा झर्ने अपेक्षा छ।’

त्यसो त हाल सो कम्पनीले बजारमा ल्याएको इ-प्लेटो र नियो इन्ट्रान्सको ब्याट्रीमा ३ वर्षको वारेन्टी नै छ। उनका अनुसार सामान्यतया यी ब्यत्रिले ६/७ वर्ष काम गर्छन्।  त्यसपछि मात्रै फेर्नु पर्ने हुन्छ। जुन बेला यस्ता ब्याट्रीको मूल्य हालको तुलनामा निकै नै सस्तो भइसकेको हुनेछ

‘ई-कमर्स गर्नेले वातावरण राम्रो होस् भन्दै पर्खेर बस्न हुँदैन’

काठमाडौँ — कानुनी रूपमा नेपालले स्पष्टता नगरिदिए पनि पछिल्लो समय ई–कमर्स व्यवसाय फस्टाउँदो छ । व्यस्त जीवनशैलीलाई सहज बनाएको मात्र होइन ई–कमर्सले व्यापारको पुरानो अवधारणालाई समेत परिवर्तन गरिदिएको छ । त्यो अवधारणा परिवर्तन गरिदिनेमा पर्छ ई–कमर्स व्यावसायिक कम्पनी– फुडमान्डु । जसले नेपालमा पहिलोपटक अनलाइनबाट खानेकुराको व्यापार गर्ने काम सुरु गरेको हो ।

 

उसले ११ वर्ष यात्रा पूरा गरिसकेको छ । यसै पृष्ठभूमिमा फुडमान्डुका संस्थापक मनोहर अधिकारीसँग इमर्स व्यापार, यसका जटिलता, नेपालको वातावरण र अवसरबारे ई–कान्तिपुरका लागि कृष्ण आचार्य र हेमन्त जोशीले गरेको कुराकानीको सम्पादित अंश :–

फुडमान्डु स्थापनाका हिसाबले अहिले शिशु अवस्थाबाट किशोरावस्थामा प्रवेश गरेको छ । यो ११ वर्षको यात्रालाई कसरी सम्झनुहुन्छ ?

हो, मानव जीवनसँग तुलना गरेर हेर्दा फुडमान्डु शिशु अवस्थाबाट अब किशोरावस्थामा लागेको छ । यो एक दशक अवधिमा मैले यसलाई आफ्नो शिशुकै रूपमा हुर्काएँ । यसलाई व्यावसायिक प्लेटफर्मका रूपमा स्थापित गर्न निकै संघर्ष गरियो । हामीले सुरु गर्दा यो अवधारणा नेपालका लागि नयाँ थियो । सुरुवाती दिनमा ग्राहकहरुलाई अथवा व्यावसायिक साझेदारहरु (पार्टनर) लाई यो कस्तो खालको व्यवसाय हो भन्ने बुझाउनै सकस परेको थियो । यो कम्पनीले के काम गर्छ अथवा कस्तो सेवा दिन्छ भन्ने बुझाउन गाह्रो थियो । तर, समयक्रमसँग बढ्दै जाँदा हामी एक स्थापित व्यवसायको रूप लिएको छ । फुड डेलिभरी सुविधा के हो र यो कसरी प्राप्त गर्न सकिन्छ भनेर अहिले मानिसहरुले बुझ्न थालिसके । अझ सहरी क्षेत्रमा त यो बढ्दो क्रममा छ ।

नेपालको हकमा नितान्त नयाँ अभ्यासको सोच कसरी आयो ?

सन् २०१० को नोभेम्बर ११ मा फुडमान्डुले औपचारिक सेवा सुरु गरे पनि यसको अवधारणा भने त्यसको १ वर्ष अगाडिदेखि नै तयार पारिएको हो । मेरो व्यक्तिगत भोगाइले पनि काम गर्‍यो । सन् २००६/२००७ तिर म एउटा सफ्टवेयर कम्पनीका काम गर्थें । मैले काम गर्ने अफिस वरिपरि खाना वा खाजाका लागि निकै कम मात्र रेस्टुरेन्टहरु भेटिन्थे । बिहान ८ बजे नै सुरु हुने अफिसमा दिउँसोको खाना खान समस्याजस्तो नै थियो । टाढा गएर खाना खान समय पनि सीमित हुन्थ्यो । दैनिकजसो यस्तो समस्या भोग्न थालेपछि त्यसको केही विकल्प हुन सक्छ कि ? भनेर मेरो दिमागमा बसिरहेको थियो । सन् २०१० सम्ममा आइपुग्दा मैले केही अनलाइनमा आधारित व्यवसाय गर्ने सोच बनाएँ ।

साथीभाइहरुसँग सल्लाह गर्दा धेरै आइडिया आए । तर मलाई मन परेको र काम गर्न सम्भव छ भन्ने लागेको उत्कृष्ट आइडिया फुड डेलिभरी थियो । सुरुवाती दिनमा त हामीले फुड अर्डर गर्न मिल्ने कुनै प्लेटफर्म बनाउने सोचेका थियौं । एउटै प्लेटफर्मबाट धेरैवटा रेस्टुरेन्टको खाना अर्डर गर्न मिल्ने खालको अवधारणामा मैले काम गर्न खोजेको थिए । आफूले जाने बुझेको क्षेत्र पनि भएकाले एउटा वेबसाइट बनाउने र त्यसमा धेरैवटा रेस्टुरेन्टहरुलाई लिस्टेड (सूचीकृत) गरेर त्यहाँबाट ग्राहकले अर्डर गरून् भन्ने थियो । सुरुवाती दिनमा अर्डरको मात्रै सोच भएकाले डेलिभरी सम्बन्धित रेस्टुरेन्टले गर्छ भन्ने ठानेका थियौं । तर धेरैजसो रेस्टुरेन्टमा होम डेलिभरी सुविधा थिएन । पछि काम गर्दै जाँदा रेस्टुरेन्टहरुले डेलिभरी गर्नेभन्दा पनि आफैं गर्नुपर्ने अवस्था आयो । अर्डर गर्ने मात्र नभई फुड डेलिभरीको सबै काम गर्ने भनेर सोच बनायौं । त्यसपछि सन् २०११ बाट हामीले डेलिभरीको पनि काम थाल्यौं । 

यो संघर्ष गर्दाको सुरुवाती दिनदेखि अहिलेसम्मको कुनै सम्झनलायक घटनाहरु छन् ?

काम गर्दै जाँदाका भोगाइहरु त हुन्छन् नै । त्यसमध्येका केही नभनौं पनि होला । एउटा दुईवटा त्यस्ता घटना पनि छन् । सुरुवाती दिनमा हामीलाई रेस्टुरेन्टहरुसँग समन्वय गर्नु निकै चुनौतीपूर्ण थियो । मैले सोचेको व्यवसाय गर्नका सबैभन्दा पहिले चाहिने भनेको रेस्टुरेन्टहरु नै हो । उनीहरुसँग समन्वय गरेर मात्र हामी काम गर्न सक्छौं । हामीसँग जोडिनका लागि रेस्टुरेन्टहरुलाई कसरी मनाउने वा के भनेर मनाउने भन्ने कुरा हाम्रा लागि निकै चुनौतीपूर्ण थियो । त्यसमा हामीले धेरै महिना बिताउनुपर्‍यो । सुरुवाती दिनमा हामीले उनीहरुलाई बुझाउन निकै गाह्रो थियो । हामीले यसरी अर्डर गर्छौं, यसरी डेलिभरी गर्छौं, यसरी भुक्तानी गर्नुपर्छ भन्नेजस्ता सामान्य कुरा पनि सिकाउनुपथ्र्यो । सिकाउने मात्र होइन, उनीहरुलाई त्यसमा विश्वस्त पनि पार्नुपर्थ्यो । हामीले दिने सेवाको शुल्कबारे पनि उनीहरुलाई मनाउनुपर्थ्यो । किनभने यस्तो प्रकृतिको व्यवसाय त्यसअघि थिएन । बजारको अवधारणा नै थाहा थिएन । यसकारण रेस्टुरेन्टहरुलाई पार्टनर बनाउने वा हामीसँग जोड्ने भन्ने कुरा सबैभन्दा चुनौतीपूर्ण थियो । महिनौं लगाएर हामीले १०/१२ वटा रेस्टुरेन्टलाई मनायौं । अहिले यो व्यवसाय कस्तो प्रकृतिको हो भनेर धेरैले बुझिसकेका छन् ।

अर्को चुनौती भनेको, म व्यावसायिक पृष्ठभूमिको व्यक्ति थिइनँ । म सफ्टेवयर डेभलपर थिए । प्राविधिक पृष्ठभूमिको भएकाले व्यवसाय कसरी सञ्चालन गर्ने ? त्यसको मार्केटिङ कसरी गर्ने ? जस्ता यी सबै चिजमा मलाई अनुभव र जानकारी थिएन । त्यो नभएपछि मैले ग्राहक कसरी ल्याउने, डेलिभरी सेवा कसरी दिनेजस्ता कुरामा सिक्दै काम गर्दै गए । सुरुवाती दिनमा हरेक काम सिक्दै जानुपर्ने अवस्था थियो । हामीले सेवा सुरु गर्‍र्यौं । रेस्टुरेन्टहरुलाई पनि मनायौं । अब ग्राहकलाई सेवा दिनुपर्ने भयो । ग्राहकलाई पनि हाम्रो सर्भिसका बारेमा जानकारी दिनु थियो । त्यसका लागि हामीले प्रचार सामग्री बनायौं । हामीले २ हजार जतिको संख्यामा प्रचार प्रिन्ट गरेर ल्याएका थियौं होला । मलाई के लागेको थियो भने ती सबै एकै दिन बाँड्यो भने अर्डरहरु निकै धेरै आउँछन् र हामीले धान्नै सक्दैनौं । सबै एकै दिन बाँड्नेभन्दा दिनमा ५०/१०० वटा बाँड्न थाल्यौं । तर ग्राहकबाट हामीले सोचेअनुरूपको अर्डरहरु नै आएनन् । दिनमा ५० वटा बाँड्दा दिनमा एउटा दुईवटा पनि अर्डर थपिएनन् । त्यसपछि नयाँ चिज गर्न, ग्राहकले त्यसलाई स्विकार्नका धेरै समय लाग्दो रहेछ भन्ने मलाई लाग्यो ।

एकैपटक बुझाउनेभन्दा पनि विस्तारै काम गर्दै गएर बुझाउन सकिने रहेछ । त्यो मेरो लागि राम्रो पाठ पनि थियो । त्यसपछि हामीले काम गर्ने शैली पनि परिवर्तन गर्‍यौं । वास्तविकता हामीले अनुमान गरेको भन्दा फरक हुने रहेछ भनेर थाहा भयो ।

यस्ता थुप्रै चुनौतीहरु हामीले भोगेका छौं । फुड डेलिभरीसँग सम्बन्धित मात्र नभई अरु खालका ई–कमर्स व्यवसायहरु पनि बजार त्यति धेरै आएका थिएनन् । बजार नयाँ थियो । वस्तु र सेवाको अनलाइनबाट अर्डर गर्ने र ई–कमर्सको कल्चर नै नरहेको बेला थियो । त्यो बेलामा अहिलेको जस्तो स्मार्टफोन र इन्टरनेटको प्रयोग पनि बढिसकेको थिएन । स्मार्टफोन सीमित मान्छेका हातमा पुगे पनि इन्टरनेट सुविधा थिएन । त्यसमाथि अहिलेको जस्तो सजिलै उपलब्ध हुने खालको र सस्तो त छँदै थिएन । त्यो पनि हाम्रो चुनौती नै हो । सुरुवाती दिनमा हामीले ९० प्रतिशत अर्डर फोनका माध्यमबाट गथ्र्यौं । बाँकी १० प्रतिशत मात्र अनलाइनबाट आउँथ्यो । ग्राहकहरुलाई त्यसबारेको जानकारी र बानी नै थिएन । अनलाइनबाट सेवा दिनेबारे हामीले जसरी सोचेको थियौं, हाम्रो सोचाइभन्दा वास्तविकता निकै फरक भइदियो । सुरुवाती दिनमा हामीले भोगको समस्या यी र यस्तै थिए । जुन अहिले सामान्यजस्ता लाग्छन् ।

अझै पनि ई–कमर्स र यसबाट सेवा लिने दिनेबारे धेरै उपभोक्तालाई जानकारी छैनन् । यो फुड डेलिभरीसँग सम्बन्धित चक्र कस्तो हुन्छ ?

उपभोक्ताले अर्डर गर्नका लागि ३ तरिका छन् । पहिलो, मोबाइल एप्लिकेसन, दोस्रो–वेबसाइट र तेस्रो–फोनकल । अहिले ८० प्रतिशतभन्दा बढी ग्राहकले मोबाइल एप्लिकेसनबाट अर्डर गर्छन् । एप्लिकेसन वा वेबसाइट खोलिसकेपछि आफूले चाहेको रेस्टुरेन्ट छान्नुपर्ने हुन्छ । त्यो नाम वा ठेगानाका आधारमा हुन सक्छ । रेस्टुरेन्ट छानिसकेपछि खानेकुराको अर्डर गरिन्छ । त्यो अर्डरका आधारमा हाम्रो कस्टुमर सर्भिस डिपार्टमेन्टले हेर्छ र भेरिफाई गर्छ । त्यसपछि प्रक्रिया अघि बढ्छ । हामी रेस्टुरेन्टलाई खानेकुरा अर्डर गर्छाैं । डेलिभरी गर्ने साथीहरु खटाइन्छन् । खानेकुरा तयार भएपछि त्यसलाई पिकअप गरेर ग्राहकको ठेगानासम्म पुर्‍याइन्छ । यो प्रक्रिया सरल नै छ । गाह्रो छैन । ग्राहकले अर्डर गरिसकेपछि कति समयसम्ममा सेवा पाउँछन् भन्नेकुरा कुन ठाउँबाट अर्डर भयो अथवा कति नजिक–टाढा छ भन्ने कुराले निर्धारण गर्छ । रेस्टुरेन्टले खाना तयार पार्न लगाउने समयमा पनि त्यो निर्भर हुन्छ । सडकमा ट्राफिकको अवस्था, मौसमको अवस्था र परिस्थितिजन्य अवस्थाले पनि समय कति भन्ने निर्धारण गर्छ । तर हाम्रो औसत डेलिभरी समय भनेको ४५ मिनेट हो । १२ मिनेटमै खाना डेलिभरी गरेको रेकर्ड पनि हामीसँग छ ।

फुडमान्डुले अरु रेस्टुरेन्टले बनाएको खानेकुरा अर्डर र डेलिभरी मात्रै गर्ने हो कि आफ्नै रेस्टुरेन्ट पनि छ ?

हाम्रो आफ्नै रेस्टुरेन्ट छैन । रेस्टुरेन्ट सञ्चालन गर्ने विषय हाम्रो बिजनेस कन्सेप्टमै पर्दैन । अरु रेस्टुरेन्टसँग साझेदारी गरेर अर्डर र डेलिभरीको प्लेटफर्मका रूपमा मात्रै हामी छौं ।

नेपालमा ई–कमर्स आफैंमा नयाँ अभ्यास हो । त्यसमा पनि खानेकुरा अनलाइनबाट बेच्दाको अनुभव कस्तो रह्यो ? के अनलाइनकै कारण नेपालीको खाने बानीमा परिवर्तन भएको छ ?

ग्राहकको बानी बदलिँदो छ । हामीसँग सुरुवाती दिनदेखि नै खाना अर्डर गर्ने ग्राहकहरु अहिले पनि छन् । पहिले एक–दुई महिनामा अथवा महिनामा एक–दुईपटक अर्डर गर्ने ग्राहकहरुले अहिले हप्तामा दुई–तीनपटक वा दिनदिनै अर्डर पनि गर्छन् । यही कुरालाई हाम्रो खानपानको संस्कृतिसँग जोडेर हेर्दा एकदमै परिवर्तन भएर गएको छ । पहिले घरमै पकाएर खानेकुरालाई बढी प्राथमिकता दिइथ्यो । अब त्यो विस्तारै बदिलिँदो छ । अहिले समय धेरै खर्च गर्नुभन्दा त्यसलाई अरू कुनै काममा लाउने वा प्रोडक्टिभ काममा लाउने भन्ने हुन्छ । अहिले समयलाई बढी महत्त्व दिन थालिएको छ । व्यस्त जीवनशैलीमा धेरै कुराका लागि समय निकाल्न गाह्रो छ । खानेकाम सामान्यत: दिनमा तीनचोटि र हप्तामा २१ चोटि गरिन्छ । पकाउने मात्र होइन त्यससँग जोडिएका बजार जाने, सामान किनेर ल्याउने, पकाउनेजस्ता धेरै काम गर्नका लागि मानिसहरुसँग समय नहुन सक्छ । खानाका लागि नजानिँदो हिसाबले हामीले धरै समय खर्च गरिरहेका हुन्छौं । केही मात्रामा भए पनि हाम्रोजस्तो सेवाले त्यो समय बचत गर्न सघाउँछ । ग्राहकले पनि समयलाई बढी प्राथमिकता राख्न थालेका छन् । त्यसको महत्त्व बुझ्न थालेका छन् । हामीले दिने सेवाले उनीहरुको जीवनशैलीमा केही सकारात्मक परिवर्तनका लागि सहयोग गरिरहेको छ । फुडमान्डु आफैंले पनि विगत ११ वर्षमा मानिसको खानेबानीमा परिवर्तन गर्न राम्रो योगदान गरेको छ जस्तो लाग्छ ।

यसको अर्थ अझै यो क्षेत्रमा राम्रो सम्भावना छ भन्न खोज्नुभएको हो ?

हो, अवश्य पनि सम्भावना छ । १० वर्षअघि तीन महिनामा एकचोटि अर्डर गर्ने ग्राहकहरुले अहिले हप्तामा एकचोटि अर्डर गर्न थालेका छन् । नयाँ ग्राहक पनि थपिने क्रममा छन् । हाम्रो सेवाबारे थाहा पाएर त्यसलाई प्रयोग गर्ने उपभोक्ता बढिरहेका छन् । हाम्रो जीवनशैली र सामाजिक परिवेश पनि परिवर्तन भइरहेको छ ।

जीवनशैलीलाई सहज बनाइरहेको र खानपानको शैली परिवर्तन गर्नका लागि सहयोग गरिरहेको भनेर भन्नुभयो । तर फुडमान्डुको आफ्नै रेस्टुरेन्ट छैन । अरु रेस्टुरेन्टले बेच्ने खानामा गुणस्तरको ग्यारेन्टी कसरी गर्नुहुन्छ ? के उपभोक्ताले गुणस्तरीय खानेकुरा पाउँछन् ?

खानेकुराको गुणस्तर सधैं हाम्रो चासोको विषय हुने गर्छ । गुणस्तर मापनका लागि कुनै सरकारी निकायले हामीलाई सहयोग गर्नुपर्छ भन्ने लाग्छ । गुणस्तर निर्धारण गरेर त्यसको प्रमाणपत्र रेस्टुरेन्टहरुलाई उपलब्ध गराइदिने हो भने उपभोक्ताले गुणस्तरमा सम्झौता गर्नु पर्दैन । हामीले सकेसम्म गर्न सक्ने भनेको राम्रो रेस्टुरेन्टलाई मात्रै संलग्न गर्ने गरेका छौं । रेस्टुरेन्टहरुले उपलब्ध गराउने खानेकुरामा उपभोक्ताको प्रतिक्रियालाई आधार बनाएर पनि हामीले उनीहरुलाई छान्दै जान्छौं । गुणस्तरका मामिलामा हामी चनाखो हुन सक्छौं । तर कहिलेकहीं स्वादको कुरा पनि आउँछ । एउटै रेस्टुरेन्टको खानेकुरा कसैले स्वादिलो भन्छन् । कसैले नमीठो भन्छन् । व्यक्तिपिच्छेको स्वादको अनुभव फरक हुन सक्छ । कसैलाई मन पर्ने नपर्ने भन्ने हुन सक्छ । गुणस्तरबारे भने हामी रेस्टुरेन्ट छनोट गर्दा नै ध्यान दिन्छौं । उपभोक्ताको गुनासो आयो भने हामी त्यो रेस्टुरेन्टलाई सुध्रिनका लागि भन्छौं । कतिपय सकारात्मक प्रतिक्रिया पनि आउँछन् । त्यसकारण गुणस्तर बढाउने कुरामा रेस्टुरेन्टहरुबाट पनि प्रतिबद्धता आउँछ ।

अहिले ई–कमर्स र फुड डेलिभरी सेवा दिने भन्दै अरू कम्पनीहरु पनि आएका छन् । ती कम्पनीबीचको अस्वस्थ प्रतिस्पर्धाले उपभोक्ताले गुणस्तरीय सेवा पाएनन् भन्ने गुनासो पनि बढ्न थालेका छन् । यो विषयलाई तपाईंले कसरी हेरिरहनुभएको छ ?

कुनै अवधारणा कसैले सुरुवात नगरेसम्म मात्र नयाँ हुने हो । कसैले सुरु गरिसकेपछि सबैले त्यसको अनुकरण गर्छन् । त्यसलाई पछ्याउँछन्, सिको गर्छन् । कुनै व्यवसाय फस्टाउँदै जाँदा सँगसँगै विकृतिहरु पनि स्वाभाविक रूपमा बढ्दै जान्छन् । यो हरेक ठाउँमा, हरेक व्यवसायमा हुन्छ । हाम्रोमा पनि समस्याहरु देखिन थालेका छन् । अहिले फुड डेलिभरीकै लागि भनेर धेरै कम्पनीहरुले सेवा सुरु गरेका छन् । त्यसलाई हामी स्वागत पनि गर्छौं । जब प्रतिस्पर्धा हुन्छ, तब आफूले आफूलाई अझ परिष्कृत गर्दै जान सकिन्छ । त्यसकारण यो क्षेत्र फस्टाउनु वा बजारमा अरु प्रतिस्पर्धी आउनुलाई मैले सकारात्मक ढंगले नै हेर्छु । अर्को पक्ष भनेको बजार ठूलो छ । यो अझ बढ्दो क्रममा छ । सँगसँगै विकृतिहरु पनि स्वाभाविक रूपमा बढ्दै गएका छन् । केही साथीहरु नबुझीकन यो काममा लाग्नुहुन्छ । यो व्यवसाय कसरी सञ्चालन गर्ने हो ? कति खर्च लाग्छ ? अरू व्यवस्थापकीय कामहरु कसरी गर्नेजस्ता धेरै पक्षबाट हेर्नुपर्छ । यी हरेक चिजलाई विचार नगरीकन बजारमा छिर्दा विकृति देखिन्छन् । केही व्यवसाय लामो समयसम्म चल्न नसेका उदाहरण पनि हामीसँग छन् । मूल्यमा हुने अस्वस्थ्य प्रतिस्पर्धाले छोटो समयका लागि व्यवसायी मात्र होइन उपभोक्ता पनि फाइदा पुग्छ । तर दीर्घकालका लागि त्यसले असर गर्न सक्छ । लामो समयसम्म टिकिरहनका लागि हामीले गुणस्तरीय सेवादेखि हरेक कुरालाई हेर्नुपर्छ । स्वस्थ खालको प्रतिस्पर्धा भएन भने एक–दुईवटा उद्योग मात्र होइन, समग्र व्यावसायिक क्षेत्र नै धरासायी हुने सम्भावना पनि रहन्छ । अहिलेसम्म जटिलखालका यस्ता समस्या देखिइसकेका छैनन् । तर सकभर नआउन भन्ने हामी चाहन्छौं । समग्र उद्योगलाई नै फाइदा पुग्ने र उपभोक्ता पनि लाभान्वित हुने विषयमा हामीले सोच्नुपर्छ ।

अहिले नेपालमा ई–कमर्स क्षेत्रका नीतिगत, प्राविधिक वा अरू समस्या के हुन् ?

ई–कमर्स उद्योगमा अहिले हामीले भोगिरहेको प्राविधिक समस्या भनेको एप्लिकेसन तथा वेबसाइट विकासका लागि पर्याप्त र गुणस्तरीय जनशक्ति छैन । अलि राम्रो र गुणस्तरीय खालको एप्लिकेसन बनाउनका लागि अहिले महँगै शुल्क तिर्नुपर्छ । बजारको आकार सानो भए पनि हामीसँग भएका उपभोक्ताको मागलाई नकार्न मिल्दैन । उनीहरुको सहजताका लागि बढीभन्दा बढी ध्यान दिनुपर्छ । हामीजस्ता कम्पनीको मुख्य काम भनेको ग्राहकले अर्डर गरेपछि कुनै अवरोध र झन्झटबिना उनीहरुको ढोकासम्ममा त्यस्तो वस्तु पुर्‍याउनु हो । तर त्यसका लागि यहाँको ठेगाना प्रणाली (एड्रेसिङ सिस्टोट) राम्रो छैन । अव्यवस्थित सहरीकरणले हामीले धेरै समस्या झेल्नुपरेको छ । एउटा ग्राहकले ई–कमर्ससँग सजिलै कुनै वस्तु घरमा पुर्‍याइदिओस् भन्ने आशा राखेको हुन्छ । तर सबै ग्राहकको सजिलै डेलिभरी सुविधा दिन सकिँदैन ।

सरकारले ई–कमर्स ऐनको मस्यौदा बनाइरहेको छ । ई–कमर्स व्यवसायले नेपालमा अझै उद्योगको परिचय बनाउन सकेको छैन । यो व्यवसायलाई नियन्त्रण, अनुगमन, निरीक्षण गर्ने कानुनी प्रावधान नै छैन । कुन ऐन, नियमावली वा कार्यविधिले यो व्यवसायलाई सम्बोधन गर्छ भन्ने यकिन छैन । सरकारले यसमा स्पष्टता गरिदिने हो भने हामीलाई काम गर्न सजिलो हुन्छ । यद्यपि कानुनी र नीतिगत व्यवस्था छैन भनेर हामीले काम गर्न रोकेका छैनौं । रोक्ने कुरा पनि भएन । व्यवसाय बढ्दै जाँदा स्पष्ट कानुनी व्यवस्था भइदिए राम्रो हुन्थ्यो भन्ने पनि लाग्छ । ई–कमर्स कम्पनी बजारमा पसिसकेपछि सधैं सानो आकारमै रहन्छ भन्ने हुँदैन । त्यसको आकार बढ्दै जाने हो । यो तुरुन्तै लगानीको प्रतिफल दिनेखालको उद्योग हैन । हामी मात्रै होइन विश्वमा कुनै पनि ई–कमर्स कम्पनी छोटो समयमा निकै धेरै नाफा कमाएको भन्ने छैन । धेरै वर्षदेखि बजार सिर्जना गर्दै गएर विस्तारै नाफा कमाउने हो । दीर्घकालीन मुनाफाको लक्ष्य राखेर यस्ता कम्पनीहरु चलाउन उपयुक्त हुन्छ । हाम्रोजस्तो मुलुकमा तुरुन्तै प्रतिफल नदिने खालका उद्योगमा लगानीकर्ताले पैसा हाल्न चाहँदैनन् । वैदेशिक लगानी वा स्वदेशमै पनि लगानी खोज्नका लागि के गर्न सकिन्छ भनेर खोज्न जरुरी छ । त्यसो हुन सकेमा मात्र इकसर्म कम्पनीले एउटा प्रतिष्ठित उद्योगको परिचय पाउन सक्छ ।

अहिले अवस्थामा कानुन छैन भन्नुभयो । कानुन वा नीतिगत व्यवस्था नहुँदा यस क्षेत्रले भोगेका समस्या के कस्ता छन् ?

फुडमान्डुकै हकमा भन्दा हामीलाई काम गर्न कानुनी वा नीतिगत समस्या खासै आएका छैनन् । तर कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउनताका हाम्रो सेवालाई प्रशासनबाट अवरोध भयो । राइडरहरु पक्राउ परे । महामारी रोकथामका लागि अनलाइन व्यवसायले सहयोग नै गथ्र्यो । तर राज्यले त्यो कुरा नबुझ्दा केही समस्या भयो । योबाहेक हामीले कानुन वा नीति नियमकै अभावमा काम नै गर्न नसकेको वा रोकिएको भन्ने छैन । कुनै व्यवसाय सुरु हुनुभन्दा अगावै ऐनकानुन त बन्दैन । तर बढ्दै जाँदा त्यसलाई नियमन गर्ने सहजीकरण गर्नेजस्ता कामका लागि कानुनी स्पष्टता चाहिन्छ । सरकारी निकायबाट त्यसको स्पष्टता आउन जरुरी छ । किनभने ई–कमर्स व्यवसायले नेपालको बेरोजगारी घटाउन र अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन योगदान गर्छ सक्छ । यो विषयलाई सरकार र सम्बन्धित पक्षले पनि बुझिदिने हो भने सहज हुन्छ ।

तपाईंले ई–कमर्स व्यवसायले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन सहयोग गर्छ भन्नुभयो ? त्यो कसरी सम्भव छ ?

ई–कमर्स व्यवसाय निकै पारदर्शी छ । सबै कुरा अनलाइन र डिजिटलाइज्ड भएपछि त्यसको रेकर्ड हुन्छ र पारदर्शिता हुन्छ । समग्र व्यवसायको चक्र नै पारदर्शी रूपमा चल्नेहुँदा यसले अनौपचारिक अर्थतन्त्रलाई पनि औपचारिक बनाउन सहयोग गर्छ । यो व्यवसायसँग जोडिएका सबै पार्टनरहरुको व्यवसायलाई पनि पारदर्शी बनाउन सकिन्छ । हामीसँग काम गर्न आउँदा उहाँहरु पारदर्शी हुनैपर्छ । कुनै कम्पनी दर्ता भएको छैन भने हामी त्यस्ता कम्पनीसँग व्यावसायिक रूपमा साझेदारी गर्दैनौं । उहाँहरु दर्ता भएकै हुनुपर्छ । कर, बिलिङ प्रक्रियालगायत काममा पारदर्शी हुने हुँदा यसले अर्थतन्त्रलाई विस्तारै औपचारिक बनाउँदै लैजान्छ । हामीले गरेको कारोबारको विवरण पनि पारदर्शी भएकाले सम्बन्धित निकायले यो क्षेत्रलाई सजिलै नियमन गर्न सक्छन् ।

अर्को विषय रोजगारी सिर्जना । सफ्टवेयर इन्जिनियर, डाटा साइन्टिस्टदेखि लिएर वस्तु घरघरमा डेलिभरी राइडरसम्मले ई–कमर्समा रोजगारी पाएको देख्छौं । संख्यामा कुरा गर्ने हो भने, कुनै पसलमा २ जना बसेर सय जनालाई सेवा दिन सक्छ । तर अनलाइनको हकमा सय जनालाई सेवा दिन कम्तीमा १० देखि १५ जना चाहिन्छन् । उनीहरुले रोजगारी पाउँछन् । ई–कमर्स व्यवसाय जति बढ्दै जान्छ, त्यहीअनुसार हामीले जनशक्ति पनि थप्दै जानुपर्ने हुन्छ ।

फुडमान्डुकै लगानी कति हो ? यसले कति जनाका लागि रोजगारी सिर्जना गरेको छ ?

फुडमान्डुले प्रत्यक्ष रूपमा २५० जनालाई रोजगारी दिएको छ । अप्रत्यक्ष रूपमा त अझ बढी हुन्छ । १७५ जना डेलिभरी गर्ने साथीहरु नै छन् । त्यसभन्दा बाहेक, कस्टमर सर्भिस, प्रशासन, अकाउन्टलगायत काममा जोडिएका छन् । फुडमान्डुको लगानीको कुरा गर्दा सुरुवातमा मैले आफ्नै कमाइबाट लगानी गरेको हो । सन् २०१६ को अन्ततिर एउटा प्राइभेट इक्युटी कम्पनीले लगानी गरेको छ । त्यसको तीन वर्षपछि अर्को एउटा कम्पनीले पनि यसमा लगानी गरेको छ । यो अहिले पनि बढ्दो चरणमा भएको कम्पनी हो । यसकारण हामीले थप लगानीको आवश्यकता महसुस गरेका छौं । व्यवसाय विस्तारको पनि योजना छ । हामीलाई निरन्तर लगानी चाहिरहन्छ र हामीले अहिले पनि थप लगानी खोज्दै छौं ।

ई–कमर्स मात्र होइन, स्टार्टअपलाई नै अहिले धेरै युवाले आफ्नो लक्ष्य बनाउँछन् । तपाईंले बुझेको स्टार्टअप के हो ? नयाँ पिँढीलाई के सन्देश दिन चाहनुहुन्छ ?

स्टार्टअप के हो भनेर धेरैथरी परिभाषा हुन सक्छन् । कसैले नयाँ व्यवसाय सुरु गर्नेबित्तिकै स्टार्टअप भन्ने गरेको पनि भेटिन्छ । फरक सोच र नयाँ धारणा भएको कम्पनीलाई पनि स्टार्टअपको रूपमा बुझेको हामी देख्छौं । कुनै व्यवसाय सुरु (स्टार्ट) भइसकेपछि माथि बढ्दै जानु (अप) महत्त्वपूर्ण कुरा हो । त्यस्तो वृद्धिको सम्भावना छ भने त्यो स्टार्टअप हो । मेरो बुझाइमा कुनै व्यवसाय सुरु भइसकेपछि त्यो धेरै माथिसम्म जान सक्छ भने त्यो स्टार्टअप हो । आफैं केही नयाँ काम गरौं भनेर सोच्नु सकारात्मक छ । तर मेरो व्यक्तिगत अनुभव कस्तो छ भने, धैर्यता र लगनशीलता धेरैमा हुँदैन । राम्रो तयारी गरेर लामो समयसम्म चल्ने भनेर युवाहरु आउनुपर्छ । तत्काल नाफा खोज्ने हो भने यो क्षेत्रमा सजिलो छैन । दीर्घकालीन रूपमा सोचेर आउने हो भने सफलता पाउन सकिन्छ । केही गर्नुपर्छ भन्ने भावना प्राय: युवाहरुमा अहिले देखिन्छ । त्यो राम्रो हो ।

युवा पिँढी ई–कमर्स र स्टार्टअपमा आउनु राम्रो कुरा भन्ने भयो । तर सानो पुँजीबाट सानो व्यवसाय सुरु गर्नका लागि सुहाउँदो वातावरण छ कि छैन ?

सधैं उपयुक्त र अनुकूल वातावरण त कहिल्यै पनि हुँदैन । यदि राम्रो वातावरण छ भने त्यहाँ अवसर पनि कम हुन्छ । हामी वातावरण राम्रो होस् भनेर पर्खेर बस्न हुँदैन । यसलाई आफैं राम्रो बनाउने हो । भएको वातावरणमा आफूलाई अनुकूलित बनाउने (एडजस्ट) गर्ने हो । यसकारण नराम्रो वातावरण हुँदा नै हामीले अवसर खोज्ने र भेट्ने हो ।

नयाँ खालका चिज नेपालमा पनि गर्न सकिन्छ । हामी सधैं बाहिरको चिजलाई भित्र्याउने कुरामा मात्र होइन, आफैं केही काम गर्न सक्छौं भन्ने आत्मविश्वासका साथ काम गर्न जरुरी छ । बाहिर प्रयोगमा रहेका राम्रा कुरालाई नेपालमा भित्र्याएर त्यसमा मूल्य अभिवृद्धि (भ्यालु एड) कसरी गर्न सकिन्छ भनेर सोच्न जरुरी छ । नयाँ पिँढीले परिवर्तन गर्ने कुरालाई राजनीति र नेताहरुसँग जोडेर मात्र हेर्न हुँदैन । आफैं केही गरेर परिवर्तन गर्नेबारे सोच्नुपर्छ । बोल्ने धेरै जना हुनुहुन्छ । बोलेर केही हुँदैन । काम गरेर देखाउनुपर्छ । नयाँ पिँढीलाई मेरो यही आग्रह छ ।

अन्त्यमा, फुडमान्डुबाहेक तपाईं अरू कुनै पेसा व्यवसायमा पनि संलग्न हुनुहुन्छ ? अथवा त्यस्तो कुनै सोच बनाउनुभएको छ ?

अहिले म पूर्णरूपमा फुडमान्डुकै काममा लागेको थिएँ । यो कम्पनीको सुरुवाती दिनहरुमा मैले जागिर पनि गर्थें । म पेसाले सफ्टवेयर डेभलपर थिएँ । तर मैले त्यसलाई धेरै अगाडि छोडिसकें । आफ्नै कम्पनीका लागि अहिले पनि सफ्टवेयरसँग सम्बन्धित केही कामहरु गर्छु । अरु व्यवसायमा म संलग्न छैन । अहिले काठमाडौं र पोखरामा मात्र हाम्रो सेवा छ । हामी भौगोलिक रूपमा धेरै ठाउँमा जाने तयारी गरिरहेका छौं । कोभिडका कारण केही पर धकेलिएको थियो । फुडमान्डुलाई अरू सेवासँग जोड्दै जाने पनि हाम्रो तयारी छ । अहिले नै भन्ने हो भने हामीले खानेकुरा मात्र नभई सबै खालका खाद्यान्न सामग्री (ग्रोसरी) को होम डेलिभरी सुविधा सुरु गरिसकेका छौं । अबको हाम्रो योजना भनेको क्लाउड किचनका रूपमा फुडमान्डुलाई तयार पार्न त्यसको पूर्वाधार बनाउनु हो । खाद्यान्नसँगै जोडेर कसरी अरू व्यवसायलाई विस्तार गर्न सकिन्छ भनेर हामी सोचिरहेका छौं । खाद्यान्नसँग सम्बन्ध राख्ने हरेक कुरालाई हामी विस्तारै जोड्दै जाने पक्षमा छौं । ताकि ग्राहकले खाद्यान्नसँग सम्बन्धित सबै चिजबीज एकै ठाउँमा भेट्न सकियोस् ।

PRIVATE EQUITY WITH TEAM VENTURES || ft. TENZIN GONSAR || S6 EP 86 | The Doers Nepal || ANUP GHIMIRE

Welcome to the new season of The Doers Podcast, where leaders from across the business spectrum share ideas about how to help build you organization whether working in the non-profit, public or private sectors you will hear tips from emerging or recognized leader that is sure to lighten or inspire.

 

 

UPPER SYANGE (Upper Syange Hydropower Limited)

Symbol UPPER SYANGE (Upper Syange Hydropower Limited)
Fiscal Year 077-078
Announcement Detail Upper Syange Hydropower Limited has proclaimed its 5th AGM going to be held on Ashwin 24, 2078
Announcement Date 2021/09/19 AD (2078/06/03 BS)
Tags AGM
Agenda Financial Highlights of 2077/78, Appointment of Auditors for the FY2078/79, Establishment of new board of Director, Amendment on Articles/Memorandum, Issuance of IPO and Others.
Bookclose Date
% Cash Dividend
% Bonus Share
Right Share Ratio
Date 2021/10/10 AD (2078/06/24 BS)
Venue Central Office of Upper Syange Hydropower Limited, Chandol-4, Kathmandu (Via Online Virtual in case if any situation)
Time 11:00 AM

Nepal’s Kriti Venture Fund makes maiden agriculture bet

Kriti Venture Fund, a Nepalese fund that counts private equity firm Team Ventures as its institutional backer, has struck its first investment in the agriculture sector as it seeks to diversify its portfolio basket. The venture fund has so far invested in a bunch of companies engaged in hydropower generation.

Nepalese PE firm Team Ventures names CIO

Team Ventures, a homegrown private equity firm focused on Nepal, has named Eshant Giri as its chief investment officer (CIO).

Giri comes with over nine-year experience in the field of banking, financial advisory, venture financing and capital market in Nepal.

Giri initially did some capital market-related research work for the Securities Board of Nepal (SEBON) on behalf of then Kriti Capital. He started his professional career by taking up a role overseeing the corporate credit portfolio in Janata Bank Nepal, a commercial bank that later merged with another peer to become Global IME Bank.

His coverage at the bank mainly included businesses from hydropower, steel, cement, real estate and distillery.

Giri then had a short stint at NIC Asia Bank in the country. Thereafter, he moved on to lead the corporate advisory and venture financing unit at Kriti Capital. He also actively managed its inhouse fund Kriti Venture Fund, which itself is backed by Team Ventures.

Giri has an MBA degree in finance and project management from Kathmandu University School of Management.

One of the first portfolios he helped grow was the 2.4 MW Upper Syange Hydropower Project, which is nearing completion and will go for an IPO soon. He played a lead role in debt closure, capital structuring and initiating the IPO plan for the project.

Led by Tenzin Sonam Gonsar, Team Ventures counts among its portfolio agricultural supply chain storage firm Nepal Warehousing, electric vehicle distributor White Lotus Motors, and food-tech venture Foodmandu. It has also made a fund-of-funds investment in Kriti Venture Fund.

FacebookTwitterWhatsApp

अप्पर स्यांगे हाइड्रोपावरको आइपीओ निष्कासन गर्ने प्रस्ताव

नेपाली पैसा

काठमाडौं : अप्पर स्यांगे हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्ने तयारी गरेको छ । आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न कम्पनीले असोज २४ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय चन्डोल ४ काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियामालीमा संशोधन गर्ने एजेन्डा पनि छ ।

यस्तै, आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन लगायतका प्रस्ताव पनि पेश गरिनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

प्योर ईभीका इलेक्ट्रिक स्कुटर किन्दा नगद छुट देखि आईफोन र स्कुटर सम्म उपहार पाइने

काठमाडौं – भारतको हैदराबादमा उत्पादन भएको दुई पांग्रे विद्युतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड प्योर ईभीले हिन्दुहरुको महान चाडपर्वको अवसरमा विशेष अफर ल्याएको छ । ‘प्योरमा स्योर अफर’ नाम दिइएको उक्त अफर अन्तर्गत स्कुटर ग्राहकहरुलाई विशेष छुट प्रदान गरिनुका साथै ३ जना ग्राहकलाई विशेष उपहारको व्यबस्था गरिएको छ ।

स्योरसट क्यासब्याक अन्तर्गत प्योर ईभीका तीन स्कुटरमा १० हजार र १५ हजार छुट उपलब्ध हुनेछ । इलेक्ट्रिक स्कुटर ईप्लुटो ७जी र ईट्रान्स नियो खरिद गर्दा १० हजार छुट उपलब्ध हुनेछ भने ईट्रान्स प्लस खरिद गर्दा १५ हजार छुट उपलब्ध हुनेछ ।

त्यसैगरी ग्यारेन्टिड गिफ्ट अन्तर्गत चार मध्ये कुनै एक पुरस्कार अवश्य पर्नेछ । ग्राहकलाई दिइएको स्क्र्याच कुपनबाट पहिलो पुरस्कारको रुपमा ५ हजार, ७ हजार ५ सय वा १० हजार नगद पुरस्कार प्राप्त हुनेछ । त्यसैगरी दोस्रो पुरस्कारको रुपमा १२८ जीबीको आईफोन १२ प्राप्त हुनेछ । तेस्रो पुरस्कारको रुपमा दुई जना व्यक्तिका लागि पोखराको वाटरफ्रन्ट रिसोर्टमा दुईतर्फी एयर टिकट सहित २ रात र ३ दिन बस्न मिल्ने अवसर प्राप्त हुनेछ भने चौथो पुरस्कारको रुपमा अटोनिक्स भोल्टिक इलेक्ट्रिक साइकल प्राप्त हुनेछ ।

यी वाहेक ग्रान्ड प्राइजको रुपमा ईट्रान्स प्लस इलेक्ट्रिक स्कुटर एक जनालाई प्राप्त हुनेछ । स्कुटर खरिद गर्ने ग्राहकहरुलाई प्रदान गरिएको स्क्र्याच कार्डमा भएको गिफ्ट कोडको आधारमा यो पुरस्कार प्राप्त हुनेछ ।

प्योर ईभीको यो अफर सेप्टेम्बर १ देखि नोभेम्बर १६ सम्म लागू हुनेछ । नेपाली बजारमा प्योर ईभीका इलेक्ट्रिक स्कुटर ईप्लुटो ७जीको मूल्य २ लाख ४९ हजार, ईट्रान्स नियोको मूल्य २ लाख २९ हजार र ईट्रान्स प्लसको मूल्य १ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

Motorhead
काठमाडौं उपत्यकामा नक्साल, टेकु, गावहाल र गट्ठाघर तथा उपत्यका वाहिर बुटवल, कावासोती, नारायणघाट, हेटौडा, जनकपुर, इटहरी, विर्तामोड र पोखरामा प्योर ईभीका सोरुम छन् । नेपालमा ह्वाइट लोटस मोटर्स प्रालिले प्योर ईभीको आधिकारिक वितरकको रुपमा कार्य गरिरहेको छ ।