Search
Close this search box.
Search
Close this search box.

News \

हेटौंडा र बर्दिबासमा प्योर ईभीको सोरुम खुल्ने

काठमाडौं – भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड प्योर ईभीको सोरुम हेटौंडा र बर्दिबासमा खुल्ने भएको छ । नेपालका लागि प्योर ईभीको आधिकारिक वितरक ह्वाइट लोटस प्रालिले यी दुई स्थानमा भोलि सोरुमको औपचारिक शुभारम्भ गरिने बताएको छ ।

हेटौंडाको कान्ति राजपथमा रहेको नेपाल बैंक लिमिटेडसँगै प्योर ईभीको सोरुमको रुपमा बाघ भैरब ई मोटर्स सञ्चालन हुनेछ । उक्त सोरुमको संचालक श्याम लोहनी हुन् । त्यसैगरी बर्दिबासमा रमेश श्रेष्ठद्वारा संचालित श्रेष्ठ इन्टरप्राइजेजले प्योर ईभीको सोरुमको कार्य गर्नेछ ।

सोरुम शुभारम्भसँगै प्योर ईभीको इलेक्ट्रिक स्कुटर टेस्ट राइड गर्न सकिने बताइएको छ । सो क्षेत्रका राइडरहरुलाई कम्पनीले यसका लागि आमन्त्रण समेत गरेको छ ।

हाल नेपाली बजारमा प्योर ईभीको ईप्लुटो ७जी स्कुटर उपलब्ध छ । ईप्लुटो ७जीमा २.५ किलोवाटको ब्याट्री र २ हजार २ सय वाटको मोटर छ । सिंगल चार्जमा ११६ किलोमिटरको रेन्ज दिन्छ । ईप्लुटो ७जीको मूल्य २ लाख ६० हजार रुपैयाँ तोकिएको छ ।

केही दिनमै ईट्रान्स नियो इलेक्ट्रिक स्कुटर समेत बिक्रीका लागि उपलब्ध हुने बताइएको छ । हाल यसको बुकिङ खुलेको छ । ईट्रान्स नियो स्कुटरको मूल्य २ लाख ४९ हजार रुपैयाँ छ । यसमा ६० भोल्ट २.५ किलोवाट आवर क्षमताको पोर्टेबल ब्याट्री प्याक र १.५ किलोवाट नोमिनल र २.२ किलोवाट पिक बिएलडिसी मोटर छ । जसले सिंगल चार्जमा ११६ किलोमिटरको रेन्ज दिन्छ ।

स्कुटरको ब्याट्रीमा ३ वर्ष, तथा मोटर र कन्ट्रोलरमा १/१ वर्षको वारेन्टी र एक वर्षमा ४ पटक सम्म फ्रि सर्भिसिङ कम्पनीको तर्फबाट उपलब्ध गराइने छ ।

Recent News