प्योर ईभीको ब्रान्ड एम्बेसडर बनिन् पूर्व मिस नेपाल अनुस्का

Blog
16

Jan 2022

  • Business

प्योर ईभीको ब्रान्ड एम्बेसडर बनिन् पूर्व मिस नेपाल अनुस्का

काठमाडौं – नेपाली बजारमा भर्खरै लन्च गरिएको प्योर ईभीले मिस नेपाल २०१९ अनुस्का श्रेष्ठलाई ब्रान्ड एम्बेसडर घोषणा गरेको छ । एक कार्यक्रमका बीच प्योर ईभीको नेपालका लागि आधिकारिक वितरक ह्वाइट लोटस मोटर्स प्रालिका म्यानेजिङ डाइरेक्टर अशोक खड्गीले अनुस्का श्रेष्ठलाई ब्रान्ड एम्बेसडरको उपाधि प्रदान गरे ।

नेपाली बजारमा प्योर ईभीका ईप्लुटो ७जी र ईट्रान्स नियो स्कुटर भित्रिएका छन् । यी दुई स्कुटर वातावरणमैत्री छन् र नेपाली बजारका लागि उपयुक्त भएको बताइएको छ ।

दुवै इलेक्ट्रिक स्कुटरमा २३ सय वाटको इलेक्ट्रिक मोटर र ६० भोल्ट तथा ४० एएचको रिमुभेवल लिथियम आयोन ब्याट्री छ । ब्याट्रीलाई ४ घण्टामा फुल चार्ज गर्न सकिन्छ र सिंगल चार्जमा ११६ किलोमिटर सम्मको रेन्ज दिन्छ । यसको टप स्पिड ६० किलोमिटर प्रतिघण्टा छ ।

ईप्लुटो ७जीको मूल्य २ लाख ४० हजार र ईट्रान्स नियोको मूल्य २ लाख २९ हजार रुपैयाँ छ । दुवै स्कुटर खरिद गर्दा १० हजार रुपैयाँ बराबरको एसेसरिज निःशुल्क उपलब्ध गराइने ह्वाइट लोटस मोटर्सले जनाएको छ ।

कम्पनीले ईट्रान्स प्लस इलेक्ट्रिक स्कुटर समेत बिक्री गरिरहेको छ । यसको मूल्य २ लाख ९ हजार रुपैयाँ छ ।

नेपाली बजारमा भित्रिएको दुई महिनाको अवधिमै प्योर ईभीले नेपाल सरकारबाट सडक परीक्षणमा सफलता प्राप्त गर्न सफल भएको र ३ वटा ए क्लासका बैंकबाट फाइनान्सका लागि सम्झौता गर्न सफलता प्राप्त गरेको बताइएको छ ।

पेट्रोलियम पदार्थबाट चल्ने स्कुटरको तुलनामा इलेक्ट्रिक स्कुटर चलाउने ब्यक्तिले वार्षिक रुपमा ५० हजार रुपैयाँ बचत गर्ने जानकारी दिदै सो अवसरमा प्योर ईभीले नेपाली बजारमा भविष्यमा राम्रो प्रतिक्रिया प्राप्त गर्ने अपेक्षा गरिएको बताइएको छ ।


Share :